एमालेलाई एक बनाउने दोस्रो पुस्ताको खाका ओली र नेपालको हातमा
hamrakura.com · Sun Jun 27 00:00:00 GMT 2021
काठमाडौँ। नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउनु पर्छ भनेर प्रधानमन्त्री ओली पक्षका केही नेताहरूले रातदिन कसरत गरेपछि अहिले सकारात्मक बनेका छन्। चर्को दबाबमा रहेका ओलीले अन्तिम प्रयास गर्ने भन्दै नेपाल पक्षले राखेका माग पूरा गर्ने गरी पुरानो कमिटी ब्युँताउने घोषणाको तयारी गरेका छन्।
आइतबार बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले माधव नेपाल आए पनि नआए पनि पुरानो कमिटी ब्युँताएर जाँदा एमालेका लागि आगामी दिनमा फाइदा हुने र नेपाल पक्षले पार्टी नै फुटाउने अवस्था आए पनि थोरै सङ्ख्यामा मात्रै नेता कार्यकर्ता पार्टी विभाजनमा लाग्ने आङ्कलनसहित ओली पक्षले पुरानो कमिटी ब्युँताउने तयारी गरेको हो। त्यसको लागि दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)