बेलायतमा थप १ हजार १ कोरोना संक्रमितको मृत्यु
ratopati.com
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बुधबार थप १००१ संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ८५१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १३ हजार १३ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ८५ हजार १६१ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)