डा. चन्द्र गिरीको ‘डङ्की : सपनाको कालबाटो’ सार्वजनिक
himalpress.com · Wed Jul 01 10:39:02 GMT 2026

काठमाडौँ- विज्ञानको क्षेत्रमा परिचित डा. चन्द्र गिरीको नयाँ उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ आइतबार काठमाडौँमा आयोजित समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रममा वक्ताहरूले उपन्यासले अवैध आप्रवासन, उज्ज्वल भविष्यको खोजीमा जोखिमपूर्ण यात्रा गर्ने युवाको मनोविज्ञान र त्यससँग जोडिएका मानवीय संघर्षलाई जीवन्त रूपमा चित्रण गरेको बताए। उनीहरूले देशको गम्भीर सामाजिक समस्यालाई साहित्यमार्फत उठान गरिएको भन्दै यसले नीतिनिर्माता र सरकारको समेत ध्यानाकर्षण गराउन सक्ने धारणा व्यक्त गरे।
साहित्यकार कृष्ण धरावासीले आफूले यसअघि यही विषयवस्तुमा ‘तल्लो बाटो’ उपन्यास लेखेको स्मरण गर्दै डा. गिरीको कृति अझ बढी अनुसन्धानमा आधारित र विश्वसनीय भएको बताए। ‘मैले केही पात्रहरूसँगको संवादका आधारमा ‘तल्लो बाटो’ लेखेको थिएँ। डा. गिरीले सम्बन्धित स्थानहरूको भ्रमण गरेर प्रत्यक्ष अध्ययनका आधारमा लेख्नुभएको छ, त्यसैले यो कृति अझ आधिकारिक बनेको छ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)