‘एआई’ पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ ले आईपीओ जारी गर्ने
nepalviews.com · Wed Jun 10 00:53:02 GMT 2026

एजेन्सी । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीमध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) तर्फ महत्वपूर्ण कदम चालेको छ । कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोगसमक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ । यद्यपि कम्पनीले हालसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुला हुनेछ ।
ओपनएआईले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा अमेरिकी धितोपत्र ऐनअन्तर्गतको सम्बन्धित व्यवस्थाअनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ । कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानुनी प्रक्रिया पूरा गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)