मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा–दुबई उडानको एक महिना : ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

lokaantar.com

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ । फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान शुरू गरेको थियो ।

एक महिनामा ३० वटा उडान सञ्चालनमा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए । उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रूपमा लिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)