मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असन्तुष्ट दललाई मनाउँदै प्रधानमन्त्री

ekantipur.com · Wed Jun 14 00:32:37 GMT 2023

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा असन्तुष्ट रहेका सत्तारूढ दलहरू एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई मनाउन पहल थालेका छन् । सत्ता गठबन्धनको मंगलबार बिहान बसेको बैठकमा प्रधानमन्त्री दाहालले दुवै दलको चासो रहेका क्षेत्रलाई सम्बोधन गर्ने गरी गृहकार्य अघि बढाउने आश्वासन दिएका छन् ।

एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्री दाहाललाई भेटेर बजेट संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका थिए । प्रधानमन्त्री दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवाका गृहजिल्लामा ठूलो हिस्सामा बजेट विनियोजन गरेको भन्दै उनीहरू आक्रोशित छन् । बजेटकै कारण गठबन्धनमा खटपट परेपछि प्रधानमन्त्री दाहालले मंगलबार बिहान बालुवाटारमा बैठक बोलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)