मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिसाए ओली

hamrakura.com · Fri Apr 28 00:00:00 GMT 2023

काठमाडौं । आफूलाई झापादेखि इलामसम्म कालो झण्डा देखाए विरोध गरेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रिसाएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरूले अध्यक्ष ओलीको बाटो छेक्नेदेखि कालो झण्डा देखाउने सम्म गरेपछि ओली रिसाएका हुन् ।

बिहीबार ओलीको इलाम प्रवेशलाई रोक्ने प्रयास भएको थियो । पहिचानवादीहरूले इलाम नगरपालिका १० गोदकमा रुख लडाएर बाटो अवरोधका थिए भने इलाम सदरमुकाममै कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)