बन्द सरकारी वेबसाइट खुलाउन के हुँदैछ काम ?
corporatenepal.com · Sat Oct 24 00:47:34 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग तथा भेहिकल ट्र्याकिङ सिस्टम (भीटीएस) लगायतका सरकारी र वित्तीय निकायका वेबसाइट कात्तिक ५ गतेदेखि बन्द छन्। पीएचपी प्रोग्रामिङ प्रविधिमा देखिएको सुरक्षा जोखिमलाई सम्बोधन गर्न प्रणाली अद्यावधिक गर्नुपर्ने भएपछि ती वेबसाइटहरू बन्द गरिएको बताइएको छ।
पीएचपी वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। नेपालका सरकारी तथा निजी क्षेत्रका ८० प्रतिशतभन्दा बढी वेबसाइट यही खुला स्रोत प्रविधिमा आधारित रहेको सूचना प्रविधि विज्ञ सुशील पौडेल बताउँछन् । उनका अनुसार पीएचपीका पुराना संस्करणमा सुरक्षा कमजोरी भेटिएपछि अनधिकृत व्यक्तिले पासवर्ड वा प्रमाणीकरणबिना नै प्रणालीमा प्रवेश गर्न सक्ने जोखिम देखिएको थियो। यसलाई नियन्त्रण गर्न पीएचपीको विकासकर्ता समुदायले विश्वव्यापी रूपमा सुरक्षा प्याच र नयाँ संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)