इपस्विचसँग नटिंघम फरेस्टको बराबरी
kendrabindu.com · Sat Oct 24 01:07:15 GMT 2026
काठमाडौं । नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनसँग १–१ को संघर्षपूर्ण बराबरी खेलेको छ । पोर्टमन रोडमा भएको खेलको यस नतिजापछि फरेस्टले रेलिगेसन क्षेत्र छाडेको छ ।
नेको विलियम्सले १३ औं मिनेटमा फरेस्टका लागि गोलको खाता खोले । पहिलो हाफको अन्त्यतिर जुलिओ इकिसोले बराबरी गोल फर्काए । फरेस्टले आक्रामक खेल खेल्दै धेरै अवसर बनाए पनि त्यसको फाइदा भने उठाउन सकेन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)