नयाँ राष्ट्रपति चुन्न पुरानै मतभार
rajdhanidaily.com · Thu Feb 09 23:19:26 GMT 2023
काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न २५ फागुनमा मतदान गर्ने गरी निर्वाचन कार्यक्रम घोषणा गरिसकेको छ ।
आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थलियाले जानकारी दिए । २०७४ सालमा सम्पन्न राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)