काठमाडौंको मतगणनामा किन ढिलाई? यस्तो छ कारण
annapurnapost.com · Fri May 13 17:58:00 GMT 2022
काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणनामा केही ढिलाइ हुने भएको छ। अझै मतपेटिका बुझाउने काम भइरहेकाले ढिलाइ हुने बताइएको छ। ३२ वटै वडाबाट काठमाडौं महानगरको मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा साँझ नै मतपेटिका आए पनि कर्मचारी र दलहरुको उदासिनताका कारण समयमा मतपेटिका बुझिएन।
अहिले पनि राष्ट्रिय सभागृह परिसरमा मतपेटिका छन्। तिनलाई मतदान अधिकृतले बुझेर भित्र लगिसकेपछि सर्वदलीय बैठक बसेर छलफल गर्ने र सर्वदलीय सहमतिमामात्रै गणना सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)