महिला शक्ति: चीनको विकास मन्त्र
nagariknews.nagariknetwork.com · Wed Jun 10 00:50:19 GMT 2026

‘महिलाको सर्वाङ्गीण विकास मानव सभ्यताको प्रगति, सामाजिक समृद्धि र राष्ट्रिय पुनर्जागरणको महत्त्वपूर्ण आधार हो,’ चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको यो विचार केवल एउटा राजनीतिक अभिव्यक्ति होइन, आधुनिक चीनको विकास दर्शनको आधारशिला हो । आज विश्वले चीनलाई तीव्र आर्थिक विकास, अत्याधुनिक पूर्वाधार, उच्च प्रविधि, कृत्रिम बुद्धिमत्ता, हरित ऊर्जा, डिजिटल अर्थतन्त्र र औद्योगिक उत्पादनको महाशक्तिका रूपमा चिन्ने गरेको छ । चीनको यो विकासको चमत्कार केवल आर्थिक सूचकांक, विशाल भवन, उच्चगतिको रेलमार्ग वा औद्योगिक उत्पादनको कथा मात्र होइन, करोडौं चिनियाँ महिलाको योगदान, नेतृत्व, संघर्ष र सफलताको कथा पनि हो।
विश्व बैंकका अनुसार विगत चार दशकमा चीनले ८० करोडभन्दा बढी नागरिकलाई गरिबीबाट माथि उठाउन सफल भएको छ । मानव इतिहासकै सबैभन्दा ठुलो गरिबी न्यूनीकरण अभियानका रूपमा लिइने यो उपलब्धिमा महिलाको योगदान महत्त्वपूर्ण छ । चीनले धेरै पहिले नै बुझेको थियो कि देशको आधा जनसंख्यालाई विकास प्रक्रियाबाट अलग राखेर समृद्ध राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले महिला सशक्तीकरणलाई सामाजिक कार्यक्रमका रूपमा होइन, राष्ट्रिय विकास रणनीतिको केन्द्रविन्दुका रूपमा स्थापित गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)