मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’

barnanmedia.com · Fri Oct 17 21:46:42 GMT 2025

काठमाडौँ, १ कात्तिक : कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य गर्नुभयो । साथै छायाङकनमा समेत सहभागी हुनुभयो ।

कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उहाँले नजिकबाट नियाल्ने अवसर प्राप्त गर्नुयो । फलत : निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा चलचित्र निर्माण गर्ने निर्णय गर्दै निर्देशन गर्ने हिम्मत पनि गर्नुभयो । त्यसैको परिणामतः उहाँको पहिलो निर्देशकीय चलचित्र ‘जारी’ व्यावसायिक रुपमा सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)