मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म ‘सेप अफ मोमो’लाई क्यानडामा दुई उत्कृष्ट अवार्ड

kendrabindu.com · Sat Oct 24 02:03:09 GMT 2026

काठमाडौं । सिक्किमको जनजीवन र पृष्ठभूमिमा बनेको नेपालीभाषी फिल्म ‘सेप अफ मोमो’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा आफ्नो उत्कृष्ट यात्रा जारी राखेको छ। क्यानडामा सम्पन्न प्रतिष्ठित ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ साउथ एसिया’ टोरन्टो २०२६ मा फिल्मले दुई मुख्य विधामा शीर्ष पुरस्कार जित्न सफल भएको छ।

अक्टोबर ८ देखि १८ सम्म सञ्चालन भएको उक्त महोत्सवमा फिल्मकी मुख्य अभिनेत्री गौमाया गुरुङले ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड हात पारेकी छन् भने निर्देशक त्रिवेणी राईले ‘उत्कृष्ट निर्देशक’को उपाधि जितेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)