अमेरिकी मध्यवधि चुनाव नजिकिँदै गर्दा क्यानडाका केही सामानमा ट्यारिफ हटाउने ट्रम्पको निर्णय
nepalviews.com · Sat Oct 24 02:21:17 GMT 2026

एजेन्सी । अमेरिकी मध्यवधि चुनाव आउन दुई साता मात्र बाँकी छँदा ट्रम्प प्रशासनले क्यानडाका केही सामानमा लगाउँदै आएको ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) हटाउने निर्णय गरेको छ। ह्वाइट हाउसका अनुसार आगामी अक्टोबर ३० देखि लागू हुने गरी प्लाईउड, केही कागजका उत्पादन, निश्चित मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङ बाकसहरूमा लाग्दै आएको ट्यारिफमा छुट दिइनेछ।
यद्यपि, केही सामग्रीमा छुट दिइए पनि कार्पेट र फोहोरजन्य/पुनःप्रयोग गरिने सामग्रीहरूमा भने नयाँ ट्यारिफ लागू गरिने ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसका प्रवक्ता म्याथ्यु मिडलटनले यो निर्णयले अमेरिकी श्रमिकको रक्षा गर्ने र निष्पक्ष व्यापार सुनिश्चित गर्ने राष्ट्रपति ट्रम्पको प्रयासलाई प्रतिबिम्बित गरेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)