मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आफैँ अध्यक्ष, आफ्नै नाम सिफारिस

nayapatrikadaily.com · Fri Sep 29 00:26:00 GMT 2023

एसियाडमा आउने मोह सबैको हुन्छ । चीनको हाङझाउमा ४५ राष्ट्रका विभिन्न खेलका सयौँ पदाधिकारी छन् । विकसित देशले आधिकारिक अफिसियल मात्र हाङझाउमा पठाएका छन् । अविकसित र आर्थिक रूपमा कमजोर राष्ट्रका खेल संघका पदाधिकारीहरू भने आफ्नो नाम आफैँले सिफरिस गरी १९औँ एसियाडको मजा लिइरहेका छन् । यसको एउटा उदाहरण नेपाल पनि एक हो । पछिल्लो समय एसियाडमा असम्बन्धित खेलका पदाधिकारी एसियाडमा आएको चर्चा थियो । अहिले दुई संघका अध्यक्षले हाङझाउमा आउन आफ्नो नाम आफैँले सिफारिस गरेको खुलेको छ ।

यी दुवै पदाधिकारी निर्णायकको कोटामा एसियाड आएका हुन् । नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम र हकी संघका अध्यक्ष अनिलप्रसाद शर्मा निर्णायकका रूपमा आएका हुन् । यसपटक यी दुवै खेलले सहभागिता जनाएका छैनन् । तर पनि अध्यक्षद्वय आफूहरू निर्णायक बनेर आएको बताइएको छ । खेलको निर्णायक बन्न एसियाडको आयोजकले ओलम्पिक काउन्सिल एसिया (ओसिए) लाई जिम्मा दिएको छ । ओसिएले आफूसँग आबद्ध संघलाई नै अफिसियल छान्न अधिकार दिएको छ । हकी र बुद्धिचालका अध्यक्ष स्वयंले प्रतियोगितामा आफ्नो नाम सिफारिस गरेका हुन् । अहिले बुद्धिचालका अध्यक्ष गौतम नै कसरी चीन पुगेको भन्ने सम्बन्धमा यस खेलका पदाधिकारी नै अचम्ममा परेका छन् । हालै मात्र हेटौँडामा भएको निर्वाचनमा गौतम निर्वाचित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)