एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
thahakhabar.com
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक आइतबार बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा छलफलका लागि विभिन्न १५ वटा कार्यसूची तय गरेको एमालेले शनिबार पहिलो दिन केही महत्त्वपूर्ण विषयहरुमा छलफल गरी निर्णय गरेको छ। बैठकमा शनिबार सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो। यस्तै, बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नुका साथै आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्नगर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)