हानि-नोक्सानी कोषद्वारा नेपालका लागि विनियोजन रकम आवश्यकताको तुलनामा नगण्य
annapurnapost.com · Sat Oct 24 03:16:51 GMT 2026

काठमाडौं: जलवायु परिवर्तनका कारण गत भदौ १० गते (२६ अगस्ट २०२६) गएको विनाशकारी हिमपहिरो तथा भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीले पुर्याएको क्षतिको सम्बोधनका लागि 'हानि-नोक्सानी सम्बोधन कोष' (एफआरएलडी) को सञ्चालक समितिले नेपालका लागि २ करोड १६ लाख अमेरिकी डलर (करिब २ अर्ब ८८ करोड नेपाली रुपैयाँ) विनियोजन गर्ने निर्णय गरेको छ।
कात्तिक ६ (२२ अक्टोबर २०२६) मा बसेको बोर्डको भर्चुअल बैठकले नेपालको आकस्मिक सहयोगको मागलाई सम्बोधन गर्दै 'बारबाडोस कार्यान्वयन प्रणाली' (बिआइएम) को नियमित समयसीमा बाहिर गएर पनि नयाँ बजेट प्रस्ताव पेश गर्न दिने विशेष निर्णय पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)