मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीलाई प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार, ओभेसनसहित सम्मान

ratopati.com · Sat Oct 24 03:31:51 GMT 2026

काठमाडौँ । अर्जेन्टिनाका विश्वविख्यात फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ प्राप्त गरेका छन् । स्पेनको ओभिएदोस्थित क्याम्पोआमर थिएटरमा शुक्रबार आयोजित विशेष समारोहमा राजकुमारी लियोनोरले राजा फिलिप छैटौँ र रानी लेटिजियाको उपस्थितिमा उनलाई पुरस्कार प्रदान गरेकी हुन् ।

समारोहमा उपस्थित दर्शकले मेस्सीलाई भव्य ताली र ओभेसनसहित स्वागत गरेका थिए । उनलाई हेर्न सयौँ मानिस थिएटरबाहिर भेला भएका थिए । पुरस्कार ग्रहण गर्न पुग्दा मेस्सीप्रति देखाइएको उत्साहले समारोहलाई विशेष बनाएको स्पेनी खेलकुद सञ्चारमाध्यम ‘मार्का’ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)