मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला क्लब विश्वकपको पहिलो संस्करण अमेरिकामा हुने

kendrabindu.com · Sat Oct 24 03:31:49 GMT 2026

काठमाडौं । फिफा महिला क्लब विश्वकपको पहिलो संस्करण अमेरिकामा आयोजना हुने भएको छ । फिफाले बिहीबार प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्ने जिम्मेवारी अमेरिकालाई दिइएको जनाएको हो । यद्यपी, खेल आयोजना हुने शहरहरू भने घोषणा गरिएको छैन ।

फिफाका अनुसार, प्रतियोगितामा विश्वका विभिन्न देशका कुल १९ क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगिता सन् २०२८ को जानवरी ५ देखि ३० सम्म हुनेछ । महासंघले आगामी वर्षदेखि हरेक चार वर्षको अन्तरालमा महिला क्लब विश्वकप नियमित रूपमा आयोजना गरिने जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)