मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हावाहुरीले विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

onlinekhabar.com · Wed Jun 10 01:04:11 GMT 2026

२७ जेठ, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)