मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

nagariknews.nagariknetwork.com · Sat Oct 24 03:26:15 GMT 2026

कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए। उनले भने, 'यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु हो।'

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)