चट्याङ्सहित वर्षाको सम्भावना
baahrakhari.com · Sun Mar 20 00:28:00 GMT 2022
काठमाडौं । देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)