गुल्मीमा ५४.३६ प्रतिशतले गराए स्वास्थ्य बिमा
gorkhapatraonline.com · Wed Jun 10 01:16:12 GMT 2026

गुल्मीमा ५४ दशमलव ३६ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म यहाँका एक लाख ३४ हजार दुई जनाले स्वास्थ्य बिमा गराउनुभएको छ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो। दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)