‘विदेश पठाउँछौं’ भनेर अनलाइनमार्फत ठगेको आरोपमा एक युवक पक्राउ
ratopati.com
ललितपुर । ‘विदेश पठाउँछौं’ भन्दै अनलाइनको माध्यम प्रयोग गरेर ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही घर भएका सरोज अधिकारी भन्ने शिशिर बस्नेत छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । ललितपुरको कुमारी पाटीमा ‘हाई सक्सेस मेनेजमेन्ट ग्रुप प्रालि’ नामको कम्पनी खोलेर शिशिर बस्नेको समूहले विदेश पठाउने सपना देखाएर ठग्ने गरेका थिए ।
सो समूहले सिंगापुर, पोर्चुगल र हंगेरी पठाउने आशा देखाएर ठग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) प्रज्वल महर्जनले रातोपाटीलाई बताए । बस्नेतको समूहले ७२ लाख ३२ हजार ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी महर्जनले बताए । ठगीमा संलग्न अन्य आरोपी फरार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)