कांग्रेस सहमहामन्त्रीमा आज तीनजना निर्वाचित : कसको मत कति ?
baahrakhari.com · Thu Dec 16 17:37:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्रीको मतपरिणामपछि आज तीन सहमहामन्त्रीको मतपरिणाम निर्वाचन समितिले घोषणा गरेकाे छ ।
निर्वाचन समितिका अनुसार आज कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय 'डिना' विजयी भएकी छन् । दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)