गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
ratopati.com · Fri Apr 25 17:31:00 GMT 2025

लन्डन । लन्डनमा यही आइतबार हुन् गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा सहभागी हुन गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ शुक्रबार लन्डन आइपुगेको छ । आइतबार हुन लागेको कमेडी र सङ्गीत मिश्रित कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि गायक भट्टराई र ब्यान्ड ६ सदस्य शुक्रबार लन्डन हिथ्रो उत्रिएका हुन् ।
कलाकारहरूलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डेसहित अन्य सदस्यहरूले स्वागत गरेका थिए। गायक भट्टराईले २७ अप्रिल साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर ‘इन्जोय’ गर्न अपिल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)