मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पश्चिम नेपालमा भूकम्पपछिको पुनर्निर्माणको लागत साढे ७२ अर्ब

nayapatrikadaily.com · Mon Jan 15 00:45:00 GMT 2024

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका १७ जिल्लामा भूकम्पपछिको पुनर्निर्माणका लागि ७२ अर्ब ४५ करोड ८९ लाख बजेट चाहिने प्रतिवेदन तयार पारेको छ । प्राधिकरणले जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भएर गएका तीनवटा भूकम्पको क्षति प्रतिवेदन तयार गरेर निजी आवाससँगै सरकारी र सामुदायिक संरचना पुनर्निर्माणमा लाग्न सक्ने बजेटको आकलन गरेको हो ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार तीनवटा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा ५२ अर्ब १० करोड सात लाख लागत अनुमान गरिएको छ । रुकुम पश्चिम, जाजरकोट, सल्यान, रोल्पा, दैलेख, जुम्ला, कालीकोट, दाङ, प्युठान, रुकुम पूर्व, बझाङ, बाजुरा, बैतडी, अछाम, डडेल्धुरा, दार्चुला र डोटीमा ९५ हजार सात सय ८७ निजी आवास बनाउनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)