एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
neplays.com · Fri Apr 25 17:41:35 GMT 2025
नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। खेलको इन्जुरी समयमा गीता रानाले हेडमार्फत गरेको गोलले एपिएफलाई विजयी बनाएको हो।
आठ टोली सहभागी प्रतियोगितामा एपिएफले उपाधिसहित ५ लाख ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्यो। एपिएफले यसअघि इलाम गोल्डकप र चितवन गोल्डकप जितेको थियो, जसले गर्दा यो एपिएफको लगातार तेस्रो मोफसल उपाधि हो। राष्ट्रिय टोलीका करिब एक दर्जन खेलाडी सहभागी एपिएफ यसअघि महिला लिगको उपाधिसमेत जितिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)