लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
gorkhapatraonline.com · Wed Jun 10 01:25:39 GMT 2026

९७ औँ
– सो सूची अनुसार सिङ्गापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको, जहाँका नागरिकले १९२ देशमा
‘भिसा–फ्री’ (पूर्व भिसाबिना) प्रवेश पाउन सक्ने ।
– गत वर्ष (सन् २०२५ मा) १०१ औँ स्थानमा रहेको नेपाल यस वर्ष सुधार गर्दै ९७ औँ स्थानमा उक्लिएको छ ।
– सूचीको सबैभन्दा पुछार अर्थात् १०३ औँ स्थानमा अफगानिस्तान रहेको छ, जहाँका नागरिकले जम्मा २३ देशमा मात्र भिसाबिना प्रवेश पाउने छन् ।
– चीन ५६ औँ (८२ देश), भारत ७८ औँ (५७ देश) र पाकिस्तान एक सय औँ (३० देश) स्थानमा रहेका छन् ।
सन् २०२६ जुन ८/९
– भ्रमणको मुख्य उद्देश्य दुई देशबिचको परम्परागत मित्रताका बारेमा छलफल गर्नु र द्विपक्षीय सम्बन्धको समग्र विकासका विषयमा विचार आदानप्रदान गर्नु रहेको बताइएको छ ।
– नेपाल (१९ रनले विजयी)
– खेल सञ्चालन मिति : सन् २०२६ मे ३१ – जुन ८
– आयोजना : सिङ्गापुर
– सिङ्गा ओभल मैदानमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा दुई विकेट गुमाई ११४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सो समयमा डिएलएस नियम अनुसार नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भएको छ ।
– यो फाइनल खेल नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको एक सय औँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो, जुन आफैँमा एउटा महìवपूर्ण व्यक्तिगत कीर्तिमान हो ।
– प्रतियोगितामा उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले फाइनलमा ४० बलमै आड चौका र तीन छक्कासहित ६५ रन बनाए । यसै छनोट प्रतियोगितामा उनले दुई सतक प्रहार गरेका छन् ।
– यस जितसँगै छनोट प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनोट भएका हुन् ।
अञ्जिला
– उत्कृष्ट निर्देशक : मिलन चाम्स (अञ्जिला)
– उत्कृष्ट अभिनेता : विजय बराल (पूर्णबहादुरको सारङ्गी)
– उत्कृष्ट अभिनेतृ : स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)
– चलचित्रकर्मी रजत सम्मान : निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेतृ निरुता सिंह
आर्थिक वृद्धिदर : २.५ प्रतिशत र विश्वव्यापी मुद्रास्फीति : ३.९ प्रतिशत
– अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि महìवपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ र ऊर्जाको मूल्यवृद्धि भएको छ, जसका कारण विकासशील देशमा मुद्रास्फीति उच्च (५.२ प्रतिशतसम्म) पुग्ने र करोडौँ मानिसको जीवनयापन कठिन बन्न सक्ने जोखिम बढेको छ ।
– यस सङ्कटले पश्चिम एसियाको आर्थिक वृद्धिदर पनि खुम्चिएर १.४ प्रतिशत र युरोपेली सङ्घको १.१ प्रतिशतमा झर्ने अनुमान रहेको छ । अमेरिकाको अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर (२ प्रतिशत) रहने र चीनले रणनीतिक भण्डारणका कारण केही राहत पाउँदै आफ्नो वृद्धिदर ४.६ प्रतिशत कायम राख्ने अनुमान गरिएको छ ।
२४ प्रतिशत
सेन्झोउ–२१
– प्रक्षेपण : सन् २०२५ अक्टोबर ३१
– पृथ्वीमा अवतरण : सन् २०२६ मे २९
– सहभागी अन्तरिक्षयात्रीहरू : झाङ लु, वु फेई र झाङ होङझाङ
७.८ म्याग्निच्युड (सन् २०२६ जुन ८)
पद्यतर्फ : अग्रज कवि एवं गीतकार यादव खरेल, गद्यतर्फ : कथाकार भाउपन्थी र मधुपर्क प्रतिभा : समालोचक गीता त्रिपाठी
डोनाल्ड ट्रम्प (सन् २०२५ डिसेम्बर)
४८ राष्ट्र
– खेल सञ्चालन : सन् २०२६ जुन ११ – जुलाई १९
– फिफाको इतिहासमै पहिलो पटक टोली सङ्ख्या ३२ बाट बढाएर ४८ राष्ट्र पु¥याइएको छ ।
– यस विश्वकपमा हरेक टोलीले अनिवार्य रूपमा २६ खेलाडी राख्नुपर्ने नयाँ नियमसँगै कुल एक हजार २४८ खेलाडीको सहभागिता हुने छ ।
– फुटबल इतिहासमै पहिलो पटक तीन वटा देश (अमेरिका, मेक्सिको र क्यानडा) ले संयुक्त रूपमा विश्वकपको आयोजना ।
– यस विश्वकपमा सर्वाधिक खेलाडी इङ्ग्लिस प्रिमियर लिग (दुई सय जना) बाट खेल्दै छन् भने एउटै क्लबको कुरा गर्दा म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ जना खेलाडीले आआफ्नो देशको प्रतिनिधित्व गर्दै छन् ।
फादर विलियम बर्क
साउदी अरब
रोबर्ट टेभिस
बेलायत
८७ (स्कोर : ५४.८०)
२१ (जोन : २०६, ब्लक: एक हजार ६९९ र पकेट : नौ हजार ३९३)
विसं २०८२ मङ्सिर २८
विसं २०८२ मङ्सिर २/५ (सन् २०२५ नोभेम्बर १८/२१), काठमाडौँ
कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच)
१७.४ प्रतिशत (निरपेक्ष गरिबी : २०.२७ प्रतिशत), आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)