मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल

nepalnews.com · Sat Oct 24 05:17:19 GMT 2026

साउदी अरब। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ।

साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)