बङ्गलादेशकी प्रधानमन्त्री हसिना र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता
nepalbahas.com · Tue Sep 06 17:00:24 GMT 2022
२१ भदौ, काठमाडौं। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवनमा शेख हसिनालाई स्वागत गरेपछि राष्ट्रपतिले मुर्मुले “हाम्रो साझा इतिहास, भाषा र संस्कृतिले हामीलाई एकअर्कासँग जोडेको “ भनेकि छन् । सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा भारत र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध निकै अगाडि बढेको राष्ट्रपति मुर्मुले उल्लेख गरिन्। उनले दुई देशले बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वर्ष र भारत–बङ्गलादेश द्विपक्षीय सम्बन्धको स्वर्ण जयन्ती मनाउने तरिका साँच्चिकै विशेष रहेको उल्लेख गरेकि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)