मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसे 

ekantipur.com · Mon Feb 07 00:59:13 GMT 2022

सुर्खेत, जुम्ला — जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् । झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परी चिसोले दुई जनाको मृत्यु भएको छ ।

पाटनमा सेतक चिनी (खिरौलो) संकलन गर्न गएका तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)