समानुपातिक सूचीमा पाँच दलको त्रुटि, कसको नाम काटिन्छ ?
nayapatrikadaily.com · Mon Dec 12 00:11:00 GMT 2022
कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका छन् । ती दललाई नाम सच्याएर पेस गर्न आयोगले पत्र लेखेको छ ।
पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका छन् । ती दललाई नाम सच्याएर पेस गर्न आयोगले आइतबार पत्र लेखेको छ । आयोगको तथ्यांकअनुसार कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका हुन् । यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले बताए । दलहरूलाई त्रुटि सच्याउने समय सोमबार अपराह्न ४ बजेसम्म छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)