मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सीआईएसँग सहकार्य गर्न क्युबाली नागरिकलाई अमेरिकाको अपिल, क्युबाले भन्यो– टुथपेस्ट बेचेजस्तो

ratopati.com · Sat Oct 24 06:02:52 GMT 2026

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाली नागरिकलाई परिवर्तनका लागि अघि बढ्न र अमेरिकी गुप्तचर निकाय सीआईएसँग सहकार्य गर्न अपिल गरेका छन् । उनको अपिलपछि क्युबाले त्यसको व्यङ्ग्यात्मक जवाफ दिएको छ ।

क्युबाका उपविदेशमन्त्री कार्लोस फर्नान्डेज डी कोसियोले अमेरिकाले सार्वजनिक रूपमा सीआईएका लागि भर्ती अभियान चलाइरहेको भन्दै त्यसलाई टुथपेस्ट बेचेजस्तो भएको टिप्पणी गरेका छन् । उनले अमेरिकी कदमलाई निराशा र असहाय अवस्थाको संकेतका रूपमा व्याख्या गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)