मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘टोमाटो फ्लु’ को जोखिममा नेपाल

ekantipur.com · Tue Aug 30 00:56:50 GMT 2022

काठमाडौँ — पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लु’ को जोखिम नेपालमा पनि बढेको विज्ञहरूले चेतावनी दिएका छन् । उच्च संक्रामक मानिएको टोमाटो फ्लु खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा गोलभेंडा (टमाटर) जस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लु’ नाम दिइएको हो ।

भारतमा हालसम्म १ सय ८ जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केरलमा ८२ र तमिलनाडु राज्यमा २६ जना संक्रमित भएका हुन् । संक्रमण फैलँदै गएपछि भारत सरकारले गत मंगलबार एक निर्देशिका जारी गर्दै पूर्वसावधानी अपनाउन आग्रह गरिसकेको छ । संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नरहेको भए पनि यसको विशिष्ट औषधि भने छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लु पहिलो पटक केरल राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)