मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तीर्थले जिते एभरेस्ट म्याराथन

ekantipur.com · Mon May 30 00:50:15 GMT 2022

स्याङबोचे, सोलुखुम्बु — संसारकै सबैभन्दा उच्च स्थानमा दौडँदै त्रिभुवन आर्मी क्लबका धावक तीर्थबहादुर तामाङले १७ औं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका छन् । उनले आइतबार सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२ दशमलब १९ किमिको दूरी ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पूरा गरे । राजकुमार राजभण्डारीे ३ घण्टा ५१ मिनेट ५९ सेकेन्डबाट दोस्रा भए । स्थानीय धावक सुमन कुलुङ ३ घण्टा ५३ मिनेट १० सेकेन्डबाट तेस्रो भए । उनीहरू खुला म्याराथनतर्फ विजेता भएका हुन् ।

महिलातर्फ म्याराथनको उपाधि पूर्णिमाया राईले जितिन् । उनले ५ घण्टा १९ मिनेट १५ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो र तेस्रो क्रमशः अमलधानी राई र सेविका राई विजयी भए । उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)