दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा प्रधानमन्त्री
newsofnepal.com · Thu Mar 16 00:34:27 GMT 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक परिस्थिति फेरिएको छ । सरकार बनाउँदा बनेको गठबन्धन भत्किएर पुनः चुनावी गठबन्धनमा रहेका र केही नयाँ दलहरूसमेतको गठबन्धन कायम भएकाले फेरी सांसदको विश्वास लिनुपर्ने नैतिक जिम्मेवारी बोध गर्दै प्रधानमन्त्री विश्वासको मत माग्ने तयारीमा हुनुहुन्छ ।’
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारले समेत पूर्णता पाउने बताउँदै गजुरेलले चैत्र पहिलो हप्तामै मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको पनि जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)