मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१६ अर्बले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

rajdhanidaily.com · Tue Jul 18 23:17:01 GMT 2023

काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार अघिल्लो आव २०७८–७९ को तुलनामा १६ अर्ब रुपैयाँले वैदेशिक लगानी प्रतिबद्धता घटेको हो ।

विदेशी लगानीमा ५ करोडको न्यूनतम सीमा रहेकामा अहिले २ करोडको सीमा कायम गर्दा पनि विदेशी लगानीमा आकर्षण हुन सकेको छैन । आव २०७९–८० मा ३ सय २७ वटा उद्योग खोल्ने प्रतिबद्धतासहित ३८ अर्ब ४० करोड ७५ लाख ६६ हजार रुपैयाँ मात्र प्रतिबद्धता आएको छ । अघिल्लो आव २०७८–७९ मा ५४ अर्ब १५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)