कोशीमा सभामुखलाई राजीनामा गराएर सरकार बनाउने दाउ
ekantipur.com · Tue Aug 01 01:04:14 GMT 2023
मोरङ — सभामुखको आसनबाटै समर्थन गरेर कोशीमा बनाइएको सरकारलाई सर्वोच्च अदालतले गैरसंवैधानिक भनेर खारेज गरिदिएपछि नयाँ सरकार बनाउन पनि फेरि सभामुखलाई प्रयोग गर्ने खेल चलेको छ । केन्द्रको कांग्रेस–माओवादी गठबन्धनका नेताहरूले कोशीका सभामुखलाई राजीनामा गराएर सदस्यका रूपमा उनको पनि समर्थनमा आफ्नै सरकार बनाउने दाउ अघि सारेका छन् ।
कोशी प्रदेशमा मन्त्रिपरिषद् गठनका दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयावधि घर्कनै लाग्दा कुनै पनि पक्षले बहुमत सुनिश्चित गर्न सकेका छैनन् । संयुक्त सरकारका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न नसके एमाले नेतृत्वमा अल्पमतको सरकार बन्न सक्ने भएकाले गठबन्धनले बहुमत जुटाउन सभामुखको गरिमालाई अवमूल्यन गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)