प्रविधिजन्य लैङ्गिक हिंसा रोक्ने सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
hamrakura.com · Wed Jul 01 00:00:00 GMT 2026
काठमाडौँ । प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण, महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने सम्बन्धी विशेष सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयनको माग गरिएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे। प्रस्ताव पारित भएसँगै अध्यक्ष दाहालले यसको अक्षरसः कार्यान्वयन गर्नका लागि सरकारलाई आवश्यक निर्देशन समेत दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)