नयाँ राजनीतिक संस्कार
gorkhapatraonline.com · Wed Jun 10 01:36:20 GMT 2026

विसं २०८३ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ मतसहित विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यतिबेला देशको सङ्घीय शासनसत्ता सञ्चालन गरेको झन्डै तीन महिना पुग्न लागेको छ । प्रधानमन्त्रीमा वालेन्द्र शाह (बालेन) हुनुहुन्छ र यस अविधिमा देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको छ । पुराना गलत राजनीतिक शैली दोहो¥याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको सरकारका मन्त्रीहरूले सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिइरहनुभएको छ । सरकारले पारदर्शी र सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ । यसको उदाहरणका लागि खुला प्रतिस्पर्धामा आधारमा गरिने सार्वजनिक संस्थानका अध्यक्ष वा कार्यकारी प्रमुख (महाप्रबन्धक), विश्वविद्यालयका उपकुलपति र राजदूतहरूको चयन प्रक्रियालाई लिन सकिन्छ ।
विगतको सरकारले सार्वजनिक संस्थानको अध्यक्ष वा महाप्रबन्धक चयन प्रक्रिया बाहिरबाट झट्ट हेर्दा खुला प्रतिस्पर्धाका आधारमा गरेको देखिए पनि ती निकायमा कानुनी प्रक्रिया पूरा गरेर आफ्नै दल निकटका कार्यकर्तालाई नियुक्ति दिइने गरिन्थ्यो । नियुक्तिका लागि राजनीतिक पहुँच नभएका तर अनुभव र शैक्षिक योग्यता हासिल गरेका योग्य, सक्षम, इमानदार र कर्मठ नागरिकले ती निकायमा दरखास्त फाराम नै भर्दैनथे तर यसपालि ‘जान्नेलाई छान्ने’ मूल नारा लिएर चुनावमा जित हात पार्दै सरकारको नेतृत्व गरेको रास्वापाले विगतमा हुने गरेका गलत क्रियाकलाप र अभ्यासलाई चिर्दैै क्षमतावान् व्यक्तिले अवसर पाउने आशा गरिएको छ । त्यसैले पनि हुनु पर्छ, अपेक्षा गरिएभन्दा धेरै सङ्ख्याले आवेदन पेस गर्नुलाई सरकारप्रति जनताको अपेक्षा कति धेरै रहेको छ भन्ने पुष्टि गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
प्रतिनिधि सभा
बालेन शाह