मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘क्यान्डिडेट क्लब’को अभ्यास रास्वपाको अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह

ratopati.com · Sat Oct 24 07:33:51 GMT 2026

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’ को आलोचना गरेका छन् । ‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात भएको उनको भनाइ छ ।

शनिबार वीरगञ्जमा बसेको आजपाको मधेस प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै स्थानीय तहलाई निर्दलीय बनाउने भन्दै भोट मागेको रास्वपाले अहिले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ गठन गर्नु विरोधाभासपूर्ण भएको बताए । रास्वपाले चुनावका बेला एउटा कुरा गर्ने र व्यवहारमा अर्कै अभ्यास गर्न खोजेको उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)