बाँसका सामग्री बनाएर जीविका चलाउने डोम समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
ratopati.com · Sat Oct 24 07:57:23 GMT 2026

सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । परिश्रम धेरै गर्नुपर्ने तर आम्दानी न्यून हुने र बाँसका सामग्रीको बिक्रीसमेत मौसमी हुने भएकाले यस समुदायलाई परिवारको खर्च धान्न कठिन हुँदै गएको छ ।
बाँसका सामग्री बनाउने पेसा पुर्ख्यौली भए पनि बढ्दो महँगी र सीमित आम्दानीका कारण दैनिक गुजारा चलाउन समस्या हुँदै आएको तिरहुत गाउँपालिका–३ का ७० वर्षीय भजु मरिकले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)