मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा यू-१५ विश्वकप: पहिलो खेलमा नेपाल ट्युनिसियासँग ३–१ ले पराजित

sutranews.com · Sat Oct 24 08:08:13 GMT 2026

काठमाडौं । फिफा यू१५ विश्वकप तथा फेस्टिभलमा नेपालले हारबाट सुरुवात गरेको छ। अजरबैजानमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल ट्युनिसियासँग ३१ गोलले पराजित भएको हो। ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे। नेपालका अर्जुन मगरातीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पहिलो खेलमा पराजित भएको नेपालले अब समूह चरणका थप खेलमा प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार गिनीबिसाउ र एल साल्भाडोरसँग खेल्ने तालिका छ। त्यस्तै, सोमबार नेपालले ब्राजिल र डीआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूहमा ब्राजिल, डीआर कंगो, एल साल्भाडोर, गिनीबिसाउ र ट्युनिसिया रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)