मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

ratopati.com · Tue Mar 05 00:54:00 GMT 2024

सिरहा । सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरकी लक्ष्मी चौधरीको मुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि लक्ष्मीको मुहारमा खुसी छचल्किएको हो ।

“यही पाउनका लागि धेरै वर्षको प्रतिक्षा थियो । पुस्तौँपुस्ता बिताउनुपर्यो”, हातमा निस्सापत्र देखाउँदै लक्ष्मीले भनिन्, “धेरै खुसी लागेको छ । हामीले दुःखजिलो गरी गुजरा चलाउने जमिनको मालिक आफैँ हुन पाइने भयो । यो पत्र (निस्सापत्र) लगेर घरमा श्रीमान्लाई देखाउँछु, उहाँ पनि खुसी हुनुहुन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)