सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरूको प्रतिफल घोषणा
abhiyandaily.com
काठमाडौं (अस) । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरूको गत आर्थिक वर्ष २०७८/७९ को प्रतिफल घोषणा गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल व्यवस्थापक रहेर सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को गत आवको प्रतिफल घोषणा गरिएको हो । गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण सम्पन्न भएपछि सो घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीलाई करसहित क्रमशः ९ प्रतिशत र १० प्रतिशत लाभांश वितरण गरिनेछ, जसअनुसार सिद्धार्थ इक्विटी फण्डका इकाइधनीलाई १३ करोड ५० लाख र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीलाई १२ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ । सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइधनीलाई भने आव २०७८/७९ को प्रतिफल घोषणा नगर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)