सांसदहरुको अभिमुखीकरण तालिम आज पनि
kendrabindu.com · Fri Feb 03 00:46:16 GMT 2023
प्रतिनिधि सभा सदस्यहरूका लागि दिईएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहिबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो । प्रतिनिधिसभामा विजयी भएका सांसदहरु के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साट्ने कार्यक्रम रहेको छ । जसअनुसार बिहिबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ–आफना अनुभव साटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)