लोमान्थाङबाट ६ सय कार्टुन चाइनिज इलेक्ट्रिक भेप चुरोट बरामद, दुई कन्टेनर नियन्त्रणमा
nepalbahas.com · Sun May 17 05:58:33 GMT 2026

लोमान्थाङबाट ६ सय कार्टुन चाइनिज इलेक्ट्रिक भेप चुरोट बरामद, दुई कन्टेनर नियन्त्रणमा
३ जेठ, मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार बैशाख १ गते राति भेपसहित अन्य सामान र कन्टेनरका साथै तीन जनालाईसमेत नियन्त्रणमा लिइएको हो । कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए ।
शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो ।
मुस्ताङ भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षा निकायले अवैध रूपमा लुकाईछिपाई विद्युतीय चुरोट ९भेप० लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको जनाएको छ । उक्त सङ्ख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी विद्युतीय चुरोट (भेप) रहेको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले हाल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको रोहवरमा बरामद गरिएका भेपको परिमाण र अनुमानित मूल्यको भन्सार मुचुल्का गर्ने तयारी गरिहेको जनाएको छ । कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । कोरलास्थित स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुई वटा कन्टेनर नेपाल–चीन कोरलानाकाको २४ नं सीमास्तम्भ नजिक दुई दिनसम्म शङ्कास्पद रूपमा रोकिएका थिए ।
चिनियाँ भन्सारबाट मालवस्तु लोड गरिएर कोरलानाकाबाट नेपाल भित्रिएका दुई कन्टेनर तल नझरेपछि भन्सार कार्यालयले कडा निगरानी बढाएको थियो । स्रोतका अनुसार अवैध रूपमा भेप ओसारपसार गर्ने गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई देखाउने नक्कली कागजपत्र तयार पारिराखेको बताइएको छ ।
यसअघि चालु वर्षको पुस ९ गते पनि कोरलानाकाबाट रु दुई करोड २४ लाख मूल्य बराबरको १६ हजार थान विद्युतीय चुरोट ९भेप० बरामद गरिएको थियो । यसैगरी, गत वर्ष कोरलानाकाबाट भित्रिएका रु ६ करोड ८१ लाख मूल्य बराबरको विद्युतीय चुरोट (भेप) भन्सार र सुरक्षा निकायको टोली बरामद गरेको थियो ।
भन्सार/राजस्व
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
जेठ ३, २०८३ आइतबार
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व संकलन
जेठ १, २०८३ शुक्रबार
ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व संकलन
बैशाख २७, २०८३ आइतबार
नेपालबहस ट्रेन्डिङ
२०६२ यता सार्वजनिक पदमा बसेका पदाधिकारीले एक महिनाभित्र आफ्नो सम्पति विवरण बुझाउनुपर्ने
नेपालबहस संवाददाता
बैशाख ३१, २०८३ बिहिबार
गोजीका मान्छे नियुक्ति गर्न पर्यटन मन्त्री पौडेलको हतारो, ‘हेलो सरकार’मा पुग्यो उजुरी
नेपालबहस संवाददाता
जेठ १, २०८३ शुक्रबार
मन्त्रालय घटाइएपछि मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर
नेपालबहस संवाददाता
बैशाख ३१, २०८३ बिहिबार
धितो, लिलामी र पक्राउमाथि सर्वोच्चको चासोः पाण्डेलाई फाइलसहित उपस्थित गराउन आदेश
नेपालबहस संवाददाता
बैशाख ३१, २०८३ बिहिबार
Tweets by nepalbahas
लोकप्रिय
१
चीन-अमेरिका सम्बन्धमा सकारात्मक संकेत : ट्रम्प र सीको भेटले सहकार्य र संवाद विस्तारको अपेक्षा
जेठ २, २०८३ शनिबार
२
चीन भ्रमणपछि इरानमाथि फेरि आक्रमण गर्ने तयारीमा ट्रम्पः मध्यपूर्वमा युद्धको खतरा पुनः बढ्दै
जेठ २, २०८३ शनिबार
३
आइसीसी क्रिकेट विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य
जेठ २, २०८३ शनिबार
छुटाउनुभयो कि?
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
जेठ ३, २०८३ आइतबार
५६ वर्षीय कामी रीता शेर्पाले ३२ पटक सगरमाथामाको सफल आरोहण गरेर तोडे आफ्नै विश्व कीर्तिमान
जेठ ३, २०८३ आइतबार
लोमान्थाङबाट ६ सय कार्टुन चाइनिज इलेक्ट्रिक भेप चुरोट बरामद, दुई कन्टेनर नियन्त्रणमा
जेठ ३, २०८३ आइतबार
सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ
जेठ ३, २०८३ आइतबार
मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको चहलपहल बढ्यो
जेठ ३, २०८३ आइतबार
विश्वभर इबोला भाइरसको प्रकोप बढ्नसक्ने भन्दै डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा
जेठ ३, २०८३ आइतबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
विश्व स्वास्थ्य संगठन
नेपाल प्रहरी