सुन्दरता पछाडि लुकेको पोखराका तालहरूको दर्दनाक कथा
lokaantar.com

बिहानको पातलो कुहिरो नफाट्दै फेवाको सतहमा माछापुच्छ्रेको सेतो छायाँ दौडिन लाग्छ । किनारमा लहरै लागेका डुङ्गामा पर्यटकहरू तस्वीर खिच्न हतारिन्छन् । त्यो शान्त देखिने पानीमुनि अझै पनि एउटा सभ्यता आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ भन्ने कुरा धेरैलाई थाहा छैन ।
पोखरा भन्नासाथ हाम्रो मानसपटलमा फेवाको निलो ऐनामा पौडिइरहेको हिमशिखरको प्रतिबिम्ब नाच्न थाल्छ । तर एकपटक सोचौँ त ? यी ताल केवल फोटो खिच्ने ‘ब्याकड्रप’ र ‘सेल्फी पोइन्ट’ मात्र हुन्, कि हाम्रो अस्तित्वका मौन संवाहक ? विद्यावारिधि स्तरको अध्ययनका क्रममा मैले जब पोखराका तालको धड्कन छाम्ने प्रयास गरेँ, तब थाहा भयो यी जलभण्डार त पछिल्लो समय गहिरो सङ्कटको मौन सुस्केरा हालिरहेका रहेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)